मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस प्रतिवेदन भन्छ–समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति

nayapatrikadaily.com · Fri Jan 06 00:57:00 GMT 2023

‘सहरमा स्वतन्त्र र नयाँ पार्टीले मत पाए, गाउँघरमा कम्युनिस्टले भोट काटे’

कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले समानुपातिक मतमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदन तयार गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत उपसमितिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीले मत पाएको र गाउँघरमा वाम पार्टीले मत पाउँदा कांग्रेसको मत घटेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनबारे जानकारी दिँदै उपसमितिका संयोजक आनन्द ढुंगानाले कांग्रेसले ०७४ को तुलनामा सिट संख्या बढाए पनि समानुपातिक मतमा अपेक्षित मत पाउन नसकेको बताए । उपसमिति सहसंयोजक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रतिवेदनमा समानुपातिकमा ०७४ को तुलना गर्दा चार लाख १३ हजार एक सय ६४ मत कम आएको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)