मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याराडोनाको मृत्यु मुद्दाको फैसला कहिले ?

kendrabindu.com · Fri Oct 23 05:48:33 GMT 2026

सान इसिद्रो (अर्जेन्टिना) । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो ।

अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरे । मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)