नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
hamrakura.com · Fri Oct 23 00:00:00 GMT 2026

पश्चिम एसियाको शान्ति र सुरक्षा अझै अनिश्चित छ। साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीले ज्यान गुमाएको खबरले फेरि एकपटक हाम्रो मन दुखाएको छ। यस घटनाप्रति नेपाल सरकार र विभिन्न राजनीतिक दलहरूले दुःख व्यक्त गरेका छन् । विदेशी भूमिमा कुनै नेपालीको ज्यान जाँदा दुःख व्यक्त गर्नु स्वाभाविक हो, तर प्रश्न यति मात्रै होइन । नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
दैनिक रूपमा खाडी तथा मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीहरू दुर्घटना, कार्यस्थलको जोखिम, रोग, असुरक्षित आवास र अनेकौं अन्य कारणले ज्यान गुमाइरहेका छन्। उनीहरूको मृत्युले पनि परिवारको संसार उजाडिन्छ, बालबालिकाको भविष्य अन्धकार हुन्छ र वृद्ध आमाबुबाको सहारा खोसिन्छ। तर यस्ता मृत्युका पीडा र कारणबारे न पर्याप्त सार्वजनिक बहस हुन्छ, न त दीर्घकालीन समाधानको गम्भीर खोजी।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)