मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

reportersnepal.com · Fri Jan 14 00:38:46 GMT 2022

काठमाडौं, पुस ३० । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस महीनाभित्र मात्र माघेसंक्रान्तिलाई लक्षित गर्दै उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महीनामा मात्र १ सय ९७ टन सखरखण्ड, २ सय ९३ टन पिँडालु, र १ हजार २ सय २९ टन तरुल गरी कुल १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको हो । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको तुलनामा १ सय ३८ टनले बढी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)