मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

gorkhapatraonline.com · Fri Oct 23 06:01:16 GMT 2026

नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा सकुशल फेला परेका हुन् । बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा साँक्या खोलामा हिउँमा उभिएको अवस्थामा बेपत्ता भएकामध्ये ३०७ पशु भेटिएपछि तुम्लिङमा सुरक्षित ल्याएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)