प्रतिनिधिसभाको बैठक शनिबार
nepalsamaya.com · Fri Jun 26 05:36:22 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ। सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोक्नुभएको बैठक पुनः सरेको जानकारी दिए। यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)