मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच प्रश्नोत्तर

baahrakhari.com · Fri Oct 23 06:22:00 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थितिबारे प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच वर्तमान विश्व परिवेश र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको हो ।

समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्ता थिए । सोही क्रममा उपस्थित अतिथिका तर्फबाट नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न गर्न भनिएको थियो । त्यस क्रममा अर्थमन्त्री वाग्लेले जयशंकरको अभिव्यक्तिको अर्थमाथि प्रतिप्रश्न गर्दै सोधे, “विश्व नयाँ व्यवस्थातर्फ गइरहेको हो ? के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)