भेनेजुएलामा महाविनाश: भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १,९४३ पुग्यो, ५० हजार अझै बेपत्ता!
barnanmedia.com · Wed Jul 01 08:41:00 GMT 2026

काराकास (भेनेजुयला) — भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको त्यहाँको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले आधिकारिक पुष्टि गर्नुभएको छ। भूकम्पका कारण हालसम्म दश हजार ५०० जनाभन्दा बढी मानिस घाइते भएको दुःखद घोषणा समेत गरिएको छ।
प्रेस विज्ञप्तिमार्फत अध्यक्ष रोड्रिगेजले विपद्मा परी अहिलेसम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरू दर्ता भइसकेको जानकारी दिनुभयो। भूकम्प लगतै सुरु भएको राहत तथा उद्धार कार्यका क्रममा हालसम्म छ हजार ४६१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। तर, भूकम्पको कडा धक्काका कारण भत्किएका संचरनाहरू भित्र हजारौँ मानिस अझै बेपत्ता रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)