बेन्जेमाले जिते बेलन डे’अर
ekantipur.com · Tue Oct 18 01:03:39 GMT 2022
काठमाडौँ — रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले मंगलबार आफ्नो जीवनमा पहिलोपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा बेलन डे’अर अवार्ड जितेका छन् । सन् २०२१–२०२२ को सिजन रियललाई युरोपेली च्याम्पियन्स लिग र स्पेनी ला लिगा दिलाउन उनले ४६ खेलमा ४४ गोल गरेका थिए ।
अवार्डका पछिल्ला १३ संस्करणमध्ये लियोनल मेसी सात र क्रिस्टियानो रोनाल्डो पाँच पल्ट विजेता रहेका थिए । यसपल्ट बेन्जेमापछि बायर्न म्युनिकका साडियो माने दोस्रो तथा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना तेस्रो भए । मानेले पछिल्लो सिजन लिभरपुलका लागि खेलेका थिए । महिलातर्फ एलेक्सा पुटेलास उत्कृष्ट घोषित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)