दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै पहिलो डुमरवाना दुग्ध उत्पादक सहकारीमा नयाँ नेतृत्व चयन
ratopati.com · Sat Dec 02 06:20:00 GMT 2023
बारा । दूध सङ्कलन र बिक्रीमै मधेस प्रदेशकै सबैभन्दा ठुलो दुग्ध सहकारी संस्था, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थामा होमनाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार भएको २८ औ अधिवेशन तथा वार्षिक साधारण सभाको अवसरमा पण्डितको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसमा उपाध्यक्षमा नारायण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाँई, कोषाध्यक्ष नीलकण्ठ सापकोटा र सदस्यहरूमा चित्रकला बराल, सिता काफ्ले, रामप्रसाद अधिकारी,कुमार पुरी, राजेन्द्र प्रसाद जमकट्टेल, सुनिल मैनाली, खिमा कटुवाल भट्टराई, नरबहादुर आलेमगर, र शिवकुमार कार्की रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)