मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेसँग सहकार्यको विकल्प खुला : माओवादी

ekantipur.com · Sun Dec 04 00:56:47 GMT 2022

काठमाडौँ — कांग्रेससँग चुनावी गठबन्धन गर्दा अपेक्षाकृत नतिजा नआएको प्रारम्भिक समीक्षा गरिरहेको माओवादी केन्द्र सरकार गठनका लागि सबै विकल्पमा खुला रहने भएको छ । सरकार निर्माणका लागि एमालेसँग समेत सहकार्य हुन सक्ने माओवादी नेताहरूले बताएका छन् । शनिबारको समीक्षात्मक बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘अहिलेको गठबन्धन छाड्ने निर्णय होइन तर अन्य विकल्पमा पनि हामी खुला छौं ।’

मतगणना सकिनै लागेका बेला शनिबार माओवादीले पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीको बैठक गरेर चुनावी समीक्षा गरेको थियो । बैठकमा नेताहरूले गठबन्धनभित्र मत साटासाट नभएकोदेखि कांग्रेस नेताहरू नै आफ्ना उम्मेदवारलाई हराउन लागेकोसम्म बताएका थिए । सरकारमा कांग्रेससँगै हिँडे पनि आगामी दिनमा अहिलेको परिणामलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनीहरूको धारणा थियो । ‘अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरूप परिणाम आएन भन्ने निक्र्योलमा पुगेका छौं,’ प्रवक्ता महराले भने, ‘थप समीक्षा समानुपातिकको नतिजा आएपछि हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)