मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

khabarhub.com · Fri Oct 23 06:43:56 GMT 2026

एजेन्सी – जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वर्षौंदेखि बरफभित्र दबिएर रहेका ऐतिहासिक वस्तु र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् ।

यस्ता सामग्रीको संरक्षण र अध्ययन गर्ने उद्देश्यले स्विट्जरल्यान्डको लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुषदेखि रोमनकालीन मूर्ति, पर्वतारोहीको फुटेको हेल्मेट र गाईको खप्परसम्मका सामग्री राखिएका छन् । त्यस्तै, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, जुत्ता, स्विस सेनाले प्रयोग गर्ने पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)