मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्ट्रेट अफ होर्मुज र पश्चिम एसियाको संकटबारे इस्तानबुलमा युरोपेली तथा क्षेत्रीय विदेशमन्त्रीको बैठक

ratopati.com · Fri Oct 23 06:53:59 GMT 2026

इरान युद्धका कारण पश्चिम एसियामा बढ्दो तनाव, स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनको अवस्था र क्षेत्रीय सुरक्षाबारे छलफल गर्न युरोपेली तथा पश्चिम एशियाका सात देशका विदेशमन्त्रीहरू शुक्रबार टर्कीको इस्तानबुलमा भेला भएका छन् ।

बैठकमा बेलायत, फ्रान्स र जर्मनी सम्मिलित ई–थ्री समूह तथा टर्की, साउदी अरेबिया, पाकिस्तान र इजिप्ट सम्मिलित आर–फोर समूहका प्रतिनिधिहरू सहभागी छन् । टर्कीको विदेश मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार बैठकमा प्यालेस्टाइनको अवस्था, यमनको घटनाक्रम, स्ट्रेट अफ होर्मुजको सुरक्षा र रुस–युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)