१५ महिना पदावधि बाँकी छँदै थानीको राजीनामा
nayapatrikadaily.com · Wed Dec 13 00:44:00 GMT 2023
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार दिउँसो ४ बजे घरायसी कारण देखाउँदै राजीनामा बुझाएको उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले जानकारी दिएका हुन् । ‘उहाँले घरासयी कारण देखाएर राजीनामा बुझाउनुभएको छ,’ मन्त्री रिजालले भने ।
०७८ फागुनमा तीन वर्षका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थानीले एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै अकस्मात् पदबाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस पृष्ठभूमिका थानीले आउँदा दिनमा राजनीतिमा सक्रिय हुने चाहना राखेको निकटका व्यक्तिहरूले बताउने गरेका छन् । थानीले करिब दुई वर्षअघि नेतृत्व सम्हाल्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको थियो, जसकारण निगम चरम नोक्सानीमा थियो । उनले कार्यकाल सम्हालेको आव ०७८/७९ मा निगमले ४८ अर्ब ९५ करोड नोक्सान व्यहोरेको थियो भने इन्डियन आयल कर्पोरेसन (आइओसी)को बक्यौता २४ अर्ब थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)