मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजायँ

onlinekhabar.com · Thu Aug 17 23:53:16 GMT 2023

१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ दिन (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)