मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखरामा सालिक व्यवस्थापन पेचिलो

rajdhanidaily.com · Sat Aug 12 00:57:48 GMT 2023

पोखरा । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउनेक्रममा दुई दिनअघि -यालीका सहभागीले पोखरा पृथ्वीचोक (लखनचोक) स्थित पृथ्वीनारायण शाहको तस्बिर जबर्जस्ती हटाए । यहाँको मुख्यचोकमध्येको एक पृथ्वीचोकमा सालिक विषयमा बेलाबेलामा विवाद चर्किदै नगएको होइन । किनकि यहाँ विगतमा नेपालका प्रथम सहिद लखन थापा र नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाह दुवैको सालिक राखिएको थियो ।

जनआन्दोलन–२ अघि पृथ्वीनारायण शाहकै सालिक रहेकोमा गणतन्त्र स्थापनासँगै उनको सालिक माओवादी समूहले फुटाएको थियो । पछि मगर समुदायले उक्त स्थानमा सहिद लखन थापाको सालिक स्थापित गरे । तर राजावादी एवं विश्व हिन्दु समुदायले सहिद लखन थापाको सालिकको मुनि पृथ्वीनारायणकै तस्बिर राखेर पुनस्र्थापित गरेकोमा अहिले जनजाति समुदायले हटाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)