सङ्घीय संसद् भवन परिसरबाट हराएको मोटरसाइकल फेला पारी एक जनालाई पक्राउ
barnanmedia.com · Tue Jun 09 23:03:08 GMT 2026

सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरबाट हराएको मोटरसाइकल प्रहरीले फेला पारी एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१० स्थित सङ्घीय संसद् भवन क्षेत्रबाट बा ८० प २९४१ नम्बरको सेतो रङको १५० सीसीको यामाहा आर–१५ मोटरसाइकल हराएको भन्दै पीडितले खोजतलासका लागि निवेदन प्रहरीमा दिएका थिए।
उक्त निवेदनका आधारमा प्रहरीले मोटरसाइकलको खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा मंगलबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, कपन क्षेत्रबाट एक जना पुरुषले मोटरसाइकल शंकास्पद अवस्थामा चलाइरहेको भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले हराएको मोटरसाइकल बरामद गर्नुका साथै सम्बन्धित व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ।
प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडानका लागि अनुरोध समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)