यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर
rajdhanidaily.com · Sun Sep 12 23:12:05 GMT 2021
संखुवासभा । संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग-यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही पाटोलाई केलाएका छौं ।
हत्या घटनापछि अनुसन्धानका लागि प्रदेश १ का डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालयको अर्काे टोली पुगेको थियो । ती सबै टोलीले आ आफ्नो तवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए । फलस्वरूप हत्याको पाँचौं दिन प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्या अभियोगमा पक्राउ ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)