बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका प्रा डा मिश्र विजयी हुने निश्चित
barnanmedia.com · Wed Apr 09 22:25:10 GMT 2025

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ ।
नेपाल बार एशोसिएशन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले चार हजार आठ सय ९२ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गरेका छन् । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)