मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपा लिग : लिभरपुलको पाइला क्वाटरफाइनलमा

ekantipur.com · Fri Mar 08 01:01:34 GMT 2024

लन्डन — लिभरपुलले बिहीबार युरोपा लिगको क्वाटरफाइनलमा एक पाइला राखेको छ । लिभरपुलले अन्तिम १६ को पहिलो लेगको लेगमा स्पार्टक प्रागलाई ५–१ ले हरायो । अर्को खेलमा रोमाले भने ब्राइटनलाई सजिलै ४–० ले पराजित गर्‍यो । जाभी एलोन्सोको बायर लेभरकुजनले दुई गोलले पछाडि रहेकोस्थितिमा कराबागलाई २–२ को बराबरीमा रोक्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो ।

योर्गन क्लोपको लिभरपुलको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम छ र अहिले प्राप्त जितले आइतबार म्यानचेस्टर सिटीविरुद्ध हुने इंग्लिस प्रिमियर लिग खेलका लागि तयार भएको देखाएको छ । उसका लागि प्रागमा भएको खेलमा डारविन नुनेजले दुई गोल गरे । यस्तै एलेक्स म्याकएलिस्टर, मोहमद सलाह र डोनिमिक सोबोजलाईले एक एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)