मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र शिक्षक टसमस नभएका बेला सर्वाेच्चले दियो निकास, सार्वजनिक शिक्षा जोगाउने आदेश

barnanmedia.com · Thu Apr 24 21:34:02 GMT 2025

झन्डै एक महिनादेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकार टसमस नहुँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। शिक्षक सडकबाट हट्न नचाहने अनि सरकार पनि शिक्षकलाई गलाएरै जाने रणनीतिमा पुगेपछि कक्षा १२ को परीक्षासमेत स्थगित भयो। निजी स्कुलमा पढाइ सुरु भइसक्दा पनि सामुदायिक स्कुलमा भर्ना नै सुरु भएको छैन। स्कूलमा ताला छ। शिक्षक महासंघको छातामा रहेर आन्दोलनरत शिक्षक पनि सहमतिमा आउने भन्दा पनि तत्कालै शिक्षा ऐन चाहियो भन्दैथिए, जुन विधायिकी प्रक्रियाका कारण पनि सम्भव थिएन।

यस्तो अवस्थामा सार्वजनिक शिक्षा ध्वस्त हुने अवस्था आइलाग्यो। किनकी सामुदायिक स्कूलमा भर्ना नै सुरु नभएका बेला निजी स्कूललाई फाइदा भइरहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)