किसानको रकम किसानकै हितमा
gorkhapatraonline.com · Sun May 17 03:56:07 GMT 2026

दुग्ध उत्पादक किसानबाट सङ्कलित रकम पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे सात लाख रुपियाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो । अध्यक्ष कालाखेतीले विद्युत् अवरुद्ध हुँदा चिस्यान केन्द्र सञ्चालनमा समस्या हुने भएकाले जेनेरेटर उपलब्ध गराइएको बताउनुभयो । उहाँले किसानबाट दुग्ध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)