‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
ratopati.com · Fri Oct 23 09:42:34 GMT 2026

काठमाडाैँ । विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ ।
दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो । यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)