मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१ करोड ७२ लाख खर्चिएको रंगशाला उस्तै

ekantipur.com · Sun Jul 17 01:05:23 GMT 2022

राजविराज — पछिल्लो ५ आर्थिक वर्षमा १ करोड ७२ लाख खर्च भएको राजविराजस्थित राज रंगशाला अझै खेल्न लायकको भएको छैन । रंगशालाको स्तरोन्नतिलगायतका लागि तिनै तहको सरकारबाट ५ वर्षमा यति धेरै रकम खर्चिए पनि रंगशालाको हालत उस्तै छ । रंगशाला अहिले खेलमैदान नभई गौचरणमा परिणत हुनुका साथै सवारीसाधन सिक्ने स्थल बनेको छ ।

रंगशालाको स्तरोन्नतिका लागि आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा भएको कार्यमाथि प्रश्न उठाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा आरोप पत्रसमेत दायर गरिसकेको छ भने अन्य आर्थिक वर्षमा भएका कार्यबारे समेत अख्तियारमा उजुरी छ । जिल्ला खेलकुद विकास समिति सप्तरी अधिनस्थ रंगशालामा पछिल्ला केही काम समितिसँग समन्वय नगरी गरिएको छ । खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलका अनुसार संघीय खेलकुद मन्त्रालयबाट आएको बजेटमध्ये आर्थिक वर्ष ०७३/७४ उदय निर्माण सेवाले २५ लाख र ०७४/७५ मा न्यु गहिल कन्स्ट्रक्सनले १७ लाख बराबरको काम रंगशाला स्तरोन्नतिका लागि गरेका थिए । यो दुवै कार्यमा अनियमितता भएको भन्दै अख्तियारले सात जनाविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)