संक्रमण बढ्दा पनि ‘निष्फिक्री’
ekantipur.com · Fri Jan 14 00:50:58 GMT 2022
जनकपुर — कोरोना संक्रमण तीव्र फैलिरहेका बेला सावधानी र सतर्कता नअपाउँदा प्रदेश २ मा जोखिम बढेको छ । मास्कको प्रयोग र भौतिक दूरी पालना गरिएको छैन भने मानिसहरू भीडभाडमा निष्फिक्री घुमफिर गरिरहेका छन् । सर्लाहीका सुरक्षा अधिकारी नै संक्रमित हुँदा पनि जिल्लामा भीडभाड रोक्ने काम भएको छैन ।
कोभिड बढिरहेकै समयमा प्रमुख जिल्ला अधिकारीको सरुवाले समयमै डीसीसीएमसीको बैठकसमेत बस्न सकेन । जसका कारण कोभिडविरुद्धको रणनीति बन्न नसक्दा जोखिम बढेको नागरिक अगुवा रजनीकान्त झाले बताए । भारतीय सीमावर्ती क्षेत्रमा एक महिना पहिलादेखि स्वास्थ्य टोलीले जाँच गर्न थाले पनि नेपाल पक्षबाट सुरु हुन नसकेको उनको भनाइ छ । आइतबार मात्र डीसीसीएमसीको बैठकले २५ जनाभन्दा बढी जम्मा नहुन निर्णय गरे पनि पालना हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)