मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कलाकार केदार घिमिरे ‘कङ्गारु’मा अनुबन्धित

ratopati.com · Tue Dec 05 07:01:00 GMT 2023

काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबिच सोमबार औपचारिक रूपमा सम्झौता भएको हो । निर्देशक सम्राट्ले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)