मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य फुङलिङ बाजारका उपभोक्ता

nepalsamaya.com · Mon Apr 17 00:20:00 GMT 2023

काठमाडौं- केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन्। ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ।

दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन्। कतिपयले नजिकका धारा कुवाबाट गाग्रोमा पानी बोकेर प्रयोग गर्दै आएका छन् भने प्रायले त्यही धमिलो पानी प्रयोग गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)