पुनर्बिमा कम्पनीको पुँजी वृद्धि योजना
nayapatrikadaily.com · Fri Feb 23 00:35:00 GMT 2024
त्यस्तै, राष्ट्र बैंकले कृषि, साना घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी कोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी रेगुलेटरी रिटेल पोर्टफोलियोको दायरा बढाएको हो । यसअघि यी क्षेत्रमा प्रवाह भएको एक करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था थियो । यस्तो खालको ऋणको जोखिमभार राष्ट्र बैंकले माघ २९ गते चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शतप्रतिशतको सट्टा ७५ प्रतिशत कायम गरेको थियो । नयाँ व्यवस्थाले पुँजी कोष अभावले ऋण दिन गाह्रो परेका बैंकहरूलाई सहजीकरण हुन्छ । पुँजी कोष अभावकै कारण अप्ठ्यारोमा नपर्ने भएको छ । यसअघि यस्तो ऋणको सीमा एक करोड मात्र थियो ।
रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिमभार गणना गर्दा विभिन्न सर्त पूरा गरेका कर्जाको जोखिमभार ७५ प्रतिशत मात्र हुन्छ, जसलाई कम जोखिमयुक्त मानिन्छ । यसअघि ७५ प्रतिशत जोखिमभार कायम गर्नुपर्ने कर्जा रकमको सीमा एक करोड रहेकोमा अब सो सीमा दुई करोडसम्म पु¥याइएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाबाट उत्पादनशील क्षेत्रमा जाने कर्जा लगानी थप सहज हुन गई सो क्षेत्रमा थप कर्जा प्रवाह हुन सक्ने र बैंक तथा वित्तीय संस्थाको पुँजी कोषमा केही सहजीकरण हुने अपेक्षा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)