बुटवल–गोरूसिंगे सडक विस्तारमा ढिलासुस्ती, तोकिएको समयमा नसकिने निश्चित !
lokaantar.com

निर्माण सामग्री अभाव, साइड क्लियरेन्समा ढिलाइ र देशमा निम्तिएका विभिन्न विपत्तिले गर्दा बुटवल–गोरूसिंगे सडक विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन । चार लेन विस्तार कार्यमा पछिल्लो समय देखिएको चरम ढिलासुस्तीले निर्धारित मितिमै काम सकिने सम्भावनासमेत क्षीण बन्दै गएको हो ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०८१ कात्तिकमा सम्झौता भएर १० माघ २०८१ मा आयोजनाको शिलान्यास भएको थियो । अहिलेसम्म आयोजनाको भौतिक प्रगति जम्मा २९ प्रतिशत छ । सम्झौताअनुसार २०८४ कात्तिकसम्म निर्माण सम्पन्न हुनुपर्ने हो । मध्यपूर्वको युद्धपछि विटुमिनको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि निर्माण कम्पनीले मूल्य समायोजन हुनुपर्ने माग राख्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)