मुख्य सामग्रीमा जानुहोस्

समाचार

Politics

रास्वपाको उम्मेदवार छनोट सम्बन्धी छिद्रले उब्जाएको संशय

ratopati.com · Fri Oct 23 11:06:04 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त भएका छन्। महामन्त्री विपिन कुमार आचार्यले उम्मेदवार छनोट सम्बन्धी कडा प्रावधान सहितको रूपरेखा असोज २८ गते सार्वजनिक गरेको थियो । क्यान्डिडेट क्लब मार्फत उम्मेदवारी दिनका लागि रास्वपाले ७५३ वटा पालिका र ६ हजार ७४३ वडाका लागि आह्वान गरिसकेको छ।

उम्मेदवार बन्न लिडरसिप एकेडेमीमा छनोट भएपछि मात्र अन्य प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यसपछि पोलिटिकल प्रोक्सिमिटी, समावेशीता र प्रारम्भिक निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने व्यक्ति उम्मेदवार बन्न पाउनेछ । रूपरेखाको बुँदा २२ मा उम्मेदवार छनोट आचारसंहिता तथा दण्ड–सजायसम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)