दशैंमा उपत्यका सुनसान, वसन्तपुरमा विदेशी पर्यटकको चहलपहल (फोटोफिचर)
nagariknews.nagariknetwork.com · Fri Oct 23 11:12:13 GMT 2026

बडादशैंका कारण काठमाडौं उपत्यकाका सडक र बजार सुनसानप्रायः बनेका छन्। दशैं मनाउन धेरैजसो मानिस उपत्यकाबाहिर गएपछि सहरका मुख्य सडकमा सवारीसाधन र सर्वसाधारणको चहलपहल घटेको छ। तर, ऐतिहासिक वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भने विदेशी पर्यटकको उपस्थिति उल्लेख्य देखिएको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा दशैंको रौनकसँगै नेपालको कला, संस्कृति, इतिहास र वास्तुकला नियाल्न आउने विदेशी पर्यटकको आवागमन जारी छ। चाडपर्वका कारण स्थानीयको चहलपहल कम भए पनि सम्पदा अवलोकन गर्न आउने पर्यटकले यस क्षेत्रलाई जीवन्त बनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)