विश्वकपमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको सहज जित
neplays.com
आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ९ खेलमा ७ जितसहित लिग चरणको अन्त्य गरेको छ । पहिले खेलेको अफगानिस्तानले निर्धारित ५० ओभरमा २४४ रन बनाएको थियो, जसको जवाफमा दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको थियो ।
अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाईले ९७ रनको उत्कृष्ट अविजित इनिङ खेले भने दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले सर्वाधिक ४ विकेट लिए । दक्षिण अफ्रिकाका लागि ब्याटिङ गर्दा रस्सी भान डेर डुसेनले ७६ रनको उत्कृष्ट अविजित इनिङ खेले र खेलको प्लेयर अफ द म्याच घोषित भए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)