इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु
gorkhapatraonline.com · Sun May 17 04:04:53 GMT 2026

इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई नेपाली र एक भारतीय मजदुरको मृत्यु भएको हो ।
सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सर्लाही इँटा व्यवसायी सङ्घका अध्यक्ष जगर्नाथ रायले सर्लाहीमा पहिलो पटक यस प्रकारको दुःखद घटना भएको बताउनुभयो । व्यवसायी वीरेन्द्र चौधरीले हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालन गरेको कृष्ण इँटा उद्योगमा मजदुरको मृत्यु भएको हो । कौडेना गाउँपालिका निवासी चौधरीले मजुर्वामा लामो समयदेखि इँटा उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)