पर्वत अस्पतालमा जनशक्ति नहुँदा बिरामीलाई सास्ती
abhiyandaily.com
पर्वत । गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्ति अभाव भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा प्रभावितहरूको उपचारका लागि करारमा राखिएका २१ जना स्वास्थकर्मी हटाएपछि अस्पतालमा जनशक्तिको अभाव भएको हो । जिल्ला अस्पतालमै आवश्यकता अनुसार जनशक्ति नभएपछि बिरामीले सास्ती भोग्नुपरेको छ ।
यसअघि कोभिड–१९ नियन्त्रणका लागि भन्दै सरकारले २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीलाई करारमा राखेको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको आकस्मिक, केभिड–१९ को आइसोलेसन वार्ड, ओपीडी, ल्याब लगायत विभिन्न विभागमा कार्यरत थिए । प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा दिनै कठिन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)