मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"
swasthyakhabar.com · Fri Oct 23 11:56:00 GMT 2026

मासु खाँदा घाँटीमा हड्डी अड्किने समस्या सामान्य जस्तो लागे पनि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषगरी कुखुरा, खसी तथा माछाको हड्डी घाँटीमा अड्किँदा कतिपयले हातका औँला, चिम्टा वा अन्य वस्तुको सहायताले आफैँ निकाल्ने प्रयास गर्छन्। तर, यस्तो प्रयासले घाँटीमा चोट लाग्ने, हड्डी अझ गहिरो धसिने र रक्तस्राव हुने जोखिम बढाउन सक्छ।
स्वास्थ्यकर्मीहरूले घाँटीमा हड्डी अड्किएको अवस्थामा जथाभावी निकाल्ने प्रयास नगर्न र आवश्यकताअनुसार तत्काल स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)