गौतमबुद्ध विमानस्थल किन चल्दैन ? निजी क्षेत्रले कारण खोज्दै
kalakarmi.com · Fri Oct 23 12:14:26 GMT 2026

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अपेक्षासहित भैरहवा र आसपासका क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी गरेको निजी क्षेत्रले विमानस्थल नियमित सञ्चालन हुन नसक्नुको कारण खोज्न थालेको छ ।
विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन नसकेपछि व्यवसायीले सरकारसँग स्पष्ट जवाफ मागेका हुन् । करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो । तीन किलोमिटर लामो धावनमार्गसहित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार रहेको विमानस्थलमा हाल चार्टर उडान भइरहे पनि नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)