मूल्य घट्ने वित्तिकै बजारमा पेट्रोलियम पदार्थको कित्रिम अभाव, अधिकांश पम्प बन्द हुँदा सरकारीमा लामाे लाइन
arthasansar.com

पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । पम्पमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् ।
सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ । उपत्यकामा नेपाल प्रहरी र आर्मीका पम्पमा लामो लाइन लागेको छ । मंगलबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । मूल्य घट्ने अग्रिम जानकारी पाए पछि पम्प सञ्चालकहरुले निगमबाट पेट्रोल नउठाएकाले आज पम्पमा पेट्रोलको अभाव देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)