महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो
barnanmedia.com · Fri Sep 12 21:39:44 GMT 2025

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ ।
अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिनुभयो । “६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो–“अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ ।” अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो । अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)