दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति स्वागत : ज्ञानेन्द्र शाही
barnanmedia.com · Tue Jun 09 23:35:46 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई बधाई दिँदै दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्न माग गरेका छन् ।
आज गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङलाई सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन दिँदै शाहीले दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको स्वागत गरेका हुन् । साथै तत्कालीन समयका जिम्मेवार अधिकारीहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने उनले माग राखेका छन् ।
शाहीले घटना हुँदाका बखत गृह मन्त्रालयको नेतृत्व सम्हालेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।
उनले लेखेका छन्, 'सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)