मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

ratopati.com · Fri Oct 23 13:00:12 GMT 2026

काठमाडाैँ। अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो।

‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ। संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा पाउन र मानिसहरूलाई आफ्नो नतिजामा विश्वास दिलाउन सक्छन् भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो। अहिले उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)