फैसलाको १२ वर्षपछि खुमबहादुरको सम्पत्ति जफत गरिँदै
rajdhanidaily.com · Wed Apr 09 22:57:53 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको सानेपास्थित जग्गा जफतको प्रक्रिया अगाडि बढाइएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसलाबमोजिम खड्काको जग्गा जफतको प्रक्रिया अगाडि बढाएको हो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)