नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल
pahilopost.com · Thu Apr 14 00:46:01 GMT 2022
काठमाडौं : यश अभिनित दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्याप्टर २’ आजदेखि नेपाली सिनेमा हलहरुमा रिलिज हुँदैछ। नयाँ वर्ष २०७९ वैशाख १ गते रिलिज हुँदै गरेको यो फिल्मको क्रेज नेपालको बक्स अफिसमा देख्न सकिन्छ। नेपालका मल्टिप्लेक्सल हलहरूमा आइतवारसम्मका टिकटहरू 'सोल्डआउट' भइसकेका छन्।
दर्शकहरूको मागलाई हेरेर हल संचालकहरूले बिहान ६ बजेदेखि राति १०: ४५ सम्मका शोहरू राखेका थिए। ती सबै शोहरू पनि हाउसफुल भइसकेका छन्। यसअघि राखिएका शोहरू हाउसफुल भएसँगै नेपाली सिनेमाहलले ‘केजीएफ २’ को शो बिहान १ बजेदेखि नै उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)