मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

nepalnews.com · Fri Oct 23 13:19:23 GMT 2026

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्।

प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन सुरु भएको छ। जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह र न्युजिल्यान्डका स्कट कुगेलेइन काठमाडौं आइपुगेका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक तथा पाकिस्तानका पूर्वकप्तान मिसबाह-उल-हक पनि आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइसकेका छन्। त्यस्तै, कर्णाली याक्समा अनुबन्धित बंगलादेशी खेलाडीहरू अरिफुल इस्लाम र अकबर अली पनि काठमाडौं आइपुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)