मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विरोधको नयाँ शैलीप्रति पनि सभामुख असन्तुष्ट

gorkhapatraonline.com · Tue Jun 09 23:45:40 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर १० दिनदेखि संसद् अवरोध गरिरहेका विपक्षी दलले मङ्गलबार विरोधको शैली बदले । सामान्यतया संसद्मा सभाध्यक्षले समय निर्धारण गर्ने र सांसदले त्यसको पालना गर्नुपर्ने व्यवस्था भए पनि प्रतिपक्षका सांसदले नै समय निर्धारण र मौनधारण दुवै कार्य आफैँ गरिदिए । विरोधको यो फरक शैलीमा सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि जनाउनुभयो । यसो त प्रतिनिधि सभामा यसअघि पनि सांसदको आह्वानमा मौनधारणको अभ्यास छ । यस्तो अभ्यास विवादमुक्त भने छैन ।

प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले जेठ १७ गते प्रश्नोत्तरका क्रममा दिनुभएको अभिव्यक्तिमा प्रतिपक्षले निरन्तर क्षमायाचना मागिरहेको छ । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि विपक्षी दलको माग छ । १० दिनदेखि विपक्षी दलले प्रधानमन्त्रीको क्षमायाचना माग गरे पनि जवाफका लागि सभामुखबाट रुलिङ भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)