दोलखामा मतगणना जारी, माओवादी केन्द्रका कार्कीले लिए अग्रता
ratopati.com
दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । जिल्लाको गौरीशंकर गाउँपालिकाबाट सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता लिएका छन् ।
९११ मत गणना गर्दा कार्कीले ५३१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण शिवाकोटीले २७४ मत पाएका छन् । त्यस्तै राप्रपाका विजय खड्काले १४ मत पाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २२ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)