मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढ्यो

nepalnews.com · Fri Oct 23 13:55:10 GMT 2026

काठमाडौं। युरोपले ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारणका साथ जाडोयाममा प्रवेश गरिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा आपूर्ति प्रभावित हुँदा आगामी महिनाहरूमा युरोपले ग्यासको मूल्यवृद्धि र आपूर्ति अभावको गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

फेब्रुअरीयता युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ। युरोपेली संघको ग्यास भण्डारण क्षमता हाल ७२ प्रतिशत मात्र भरिएको छ, जुन सामान्यतया जाडोअघि ९० प्रतिशतसम्म पुग्ने गर्दथ्यो। भण्डारणको यो कमीले चिसो मौसममा घर तताउने, विद्युत् उत्पादन गर्ने र उद्योग सञ्चालन गर्ने कार्यमा समस्या निम्त्याउन सक्ने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)