बझाङका वडाध्यक्षको भीरबाट लडेर मृत्यु
himalpress.com · Fri Oct 23 14:03:54 GMT 2026

धनगढी – बझाङको बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ।
शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)