जर्मनीका टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास
pahilopost.com · Fri Jul 02 17:09:41 GMT 2021
जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। जर्मन टिमका महत्वपूर्ण सदस्य क्रुसले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
जर्मन टिमबाट ११ वर्ष खेलेका उनले १०६ वटा क्याप जितेका छन्। उनले अब अगाडि आफु आबद्ध क्लब रियल मड्रिडमा केन्द्रीत हुने बताएका छन्। उनले पछिल्लो समय युरो कपको अन्तिम १६ मा इङ्ग्ल्याण्ड विरुद्धको खेल खेलेका थिए। उक्त खेलमा जर्मनी २-० गोलअन्तरले पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)