वागमतीको मन्त्रिपरिषद्ले पूर्णता पायो
newsofnepal.com · Thu Jan 26 01:12:33 GMT 2023
हेटौंडा । सरकार गठन भएको १७ दिनको लामो कसरतपछि वागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा ११ वटा मन्त्रालयको टुंगो लागेस“गै बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ८ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
नेकपा एमालेबाट ३, नेकपा माओवादी केन्द्रबाट ३ र राप्रपाबाट २ जना थप मन्त्री नियुक्त भएर शपथ ग्रहण गर्नुभएको छ । ८ मन्त्रीलाई वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुभयो । मन्त्रिपरिषद्मा ३ दलको सहभागिता छ । प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डा गरेर मन्त्रालय लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)