बाह्र मिनेटको म्युजिकल फिल्म प्रदर्शनमा
ratopati.com · Sat Feb 03 17:12:00 GMT 2024
गोदावरी । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख रानाले प्रशंसा गरिन् । आफ्नो जीवन पनि सानैदेखि गरिबी, अभाव र दुःखमै बितेको उनले बताइन् ।
त्यस अवसरमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिइन् । राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)